Thursday, July 15, 2010

पर्खी बसे आउला भनि

पर्खी बसे आउला भनि
मेरो उठने पालो
मेरो उठने पालो

कुर्दा कुर्दै जिन्दगी नै
भै गएछ कालो..कालो
भै गएछ कालो
मेरो उठने पालो

वारि पारि अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा

वारि पारि अँध्यारो छ आँखा खोली हेर्दा
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा

आफ्नै छाँया आफै सँग भागी हिँड्न ठाल्यो
भागी हिँड्न ठाल्यो
आफ्नै माँया आफैलाई बोझ लाग्न ठाल्यो ठाल्यो
बोझ लाग्न ठाल्यो
बोझ लाग्न ठाल्यो

तातो हाँवा बहिदिन्छ मुटु पोल्ने गरी
निराशाको दियो बल्छ तिनै जल्ने गरी
तातो हाँवा बहिदिन्छ मुटु पोल्ने गरी
निराशाको दियो बल्छ तिनै जल्ने गरी

वर्षौ भयो चलेकै छ मन भित्र यो आँधी
मन भित्र यो आँधी
बाँध्यतामा बाँच्नु पर्यो चाहनालाई बाँधी बाँधी
चाहनालाई बाँधी
चाहनालाई बाँधी

पर्खि बसे आउला भनि
मेरो उठने पालो
मेरो उठने पालो




No comments:

Post a Comment